गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती पक्राउ

35

छिनछिन खबर
काठमाडौं, कात्तिक १८ । गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।महानगरीय अपराध महाशाखाको टोलीले मायालाई नियन्त्रणमा लिएको हो । शरद गौचन हत्या प्रकरणमा उनको पनि संलग्नता देखिएकाले नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

नाइके बस्तेतलाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ । गतवर्षको असोजमा वानेश्वरमा भएको गौचनको हत्या समीरमानकै योजनामा भएको प्रहरीले दाबी गर्दै आएको छ ।

Womui
Womui