२ लाख घुसहित नापी सर्वेक्षक अख्तियारको फन्दामा

54

छिनछिन खबर
सिरहा,कात्तिक १३ । नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले मगंलबार पक्राउ गरेको छ।चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार टोलीले जनाएको छ।

एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएको थियो। त्यही श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख घुस मागेको बुझिएको छ।उक्त रकमका लागि सेवाग्राहीसँग चौधरीले बार्गे्निङ्ग गर्दै आएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले सुनाए। सेवाग्राहीको सहयोगमा ती कर्मचारीलाई नियन्त्रणमा लिएको उपरीक्षक केसीले बताए।

Womui
Womui