फेसबुकबाट चिनजान हुँदै विवाहसम्म, होटलमा हत्या गरेर फरार युवक प्रहरी फन्दामा

112

छिनछिन खबर
काठमाडौं,कात्तिक ११ । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त शनिवार पक्राउ परेका छन् ।गत भदौ १२ गते राजधानीको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी फरार रहेका मौवाबोटे १ खोटाङका अनिल परियार पक्राउ परेका हुन् ।

अभियुक्त परियारले आफ्नै १८ वर्षीय श्रीमती लक्ष्मी परियारलाई बसुन्धरास्थित स्पिड गेष्ट हाउसको कोठा नम्बर १०१ मा गएको भदौ १२ गते हत्या गरेका थिए । भदौ १२ गते नै हत्या भएपनि लक्ष्मीको शव भने भदौ १५ गतेमात्रै बरामद भएको थियो ।अनिल र लक्ष्मी भदौ १२ गते सँगै होटलमा बस्न गएका थिए । त्यसपछि सामान्य भनाभनमा आफूले लक्ष्मीको हत्या गरेको पक्राउ पछि अनिलले स्वीकार गरेका छन् ।खोटाङका अनिल परियार र त्रिपुरासुन्दरी ७ धादिङकी लक्ष्मी परियारको चिनजान फेसबुकमार्फत् भएको थियो । वैदेशिक रोजगारीमा रहेका अनिल र लक्ष्मीबीच फेसबुकबाटै प्रेम भएपछि गएको साउनमा अनिलले लक्ष्मीलाई भगाएर विवाह गरेका थिए ।विवाहपछि करिब १ महिना लक्ष्मी पनि अनिलसँगै खोटाङको घरमा गएर बसेको अभियुक्तले बताएका छन् । त्यसपछि काठमाडौं फर्किएका उनीहरुबीच विवाद सुरु भएको थियो ।होटलमा बस्न गएको समयमा विवाद भएपछि आफूले लक्ष्मीको घाँटी थिचेर हत्या गरेको अनिलले प्रहरीसामु स्वीकार गरेका छन् ।हत्यापछि लुकीछिपी बस्दै आएका अनिललाई अपराध महाशाखाको टोलीले पोखराको माछापुच्छ्रे टोलबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

Womui
Womui