बैंकसँग ऋण दिने रकमको अभाव, दशैंले रित्यायो बैंकको पैसा

50

छिनछिन खबर
काठमाडौं,कात्तिक ८ । बैंकहरुसँग ऋण दिने पैसा सकिएको छ । कर्जा विस्तारको तुलनामा निक्षेप नबढ्दा बैंकहरुसँग थप कर्जा दिने पैसा नभएको हो । पछिल्लो हप्ता ३ अर्ब रुपैयाँले निक्षेप बढ्दा ३८ अर्ब रुपैयाँले कर्जा बजेपछि बैंकिङ प्रणालीमा कर्जा र निक्षेपबीचको सन्तुलन बिग्रिएको हो । यसअघिका वर्षहरुमा मंसिरपछि मात्रै देखिने ऋण दिन मिल्ने पैसाको अभावको समस्या यो वर्ष भने केही अघि नै देखिएको छ ।

फुलपातिको अघिल्लो दिनसम्म बैंकहरुले २५ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ खर्ब ४६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । त्यसको एक साताअघि बैंकहरुले २५ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
चालू आर्थिक वर्षको साउनदेखि नै बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाहमा असन्तुलन हुँदै आएको थियो । दशैंको मुखैमा यो असन्तुलन झनै बढ्दा बैंकहरुलाई दशैंपछि समस्या परेको हो । दशैं विदा हुनु अघिको एक हप्तामा बैंकहरुले ३८ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । जबकी यो हप्ता ३ अर्ब रुपैयाँले मात्रै निक्षेप बढेको छ ।

कर्जा र निक्षेपबीचको असन्तुलन बढेसँगै बैंकहरुसँग थप ऋण दिन मिल्ने पैसा करिबकरिब सकिएको छ । बैंकहरुलाई लगानी योग्य पुँजी (तरलता) अभाव भएको कुरा अन्तर बैंक कारोबारको ब्याजदरले पनि पुष्टि गर्छ । दशैंअघि दुई प्रतिशतको हाराहारीमा भइरहेको अन्तरबैंक कारोबार दशैंपछि साढे ३ प्रतिशतसम्म पुगेको एक बैंकका सिइओले जानकारी दिएका छन् । ‘दशैंपछि जसरी अन्तरबैंक कारोबारको ब्याजदर बढिरहेको छ, यसले आगामी दिन संकटपूर्ण छन् भन्ने संकेत गर्छ’ उनले भने ।

दशैंअघि विभिन्न वस्तुहरु आयात गर्न बैंकहरुले अत्याधिक कर्जा विस्तार गरेका थिए । नेपालको अर्थतन्त्र आयातमा आधारित भएका कारण ठूला चाडबाड आउँदा त्यसले देशको भुक्तानी सन्तुलनमा समेत असर गर्छ । चालू आर्थिक वर्षको पहिलो अर्थात् साउन महिनामै देशको भुक्तानी सन्तुलन (देश भित्रिने भन्दा बाहिरीने पैसा २४ अर्ब रुपैयाँले बढी भएको थियो । बैंकिङ प्रणालीमा ३५र३६ अर्ब रुपैयाँ लगानी योग्य पुँजी (तरलता) देखिन्छ । तर, तीन वटा सरकारी बैंक र स्टान्डर्ड चाटर्ड बैंकको कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी) रेसियो कम भएकाले बजारमा केही तरलता देखिएको हो ।

तर, एक दर्जन बैंकहरु भने थप ऋण दिन सक्ने अवस्थामै छैनन् । बाँकी एक दर्जन बैंकसँग भने न्युन ऋण दिने पैसा छ ।
असोज पहिलो सातादेखि नै थप ऋण दिने पैसा अभाव हुन थालेपछि बैंकहरुले असारमा भएको भद्र सहमति तोड्दै महंगो ब्याजदरमा निक्षेप संकलन गर्न थालेका थिए । दशैंको मुखमै बैंकर्स संघको पूर्ण बैठक बसेर केही ब्याजदर घटाउँदै अर्को भद्र सहमति गरिएको थियो ।

Womui
Womui