ज्ञानोदय पुस्तकालयमा राष्ट्रिय स्तरका कवि

102

कोहलपुर, असोज १९-
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कविहरुले शुक्रबार अवलोकन गरेका छन् । कविता वाचन तथा कवि गोष्ठीका लागि धनगढी हिडेका कवि कविलाई पुस्तकालयले कोहलपुरमा स्वागत गर्दै पुस्तकालयको वृहत्तर विकासका लागि छलफल गरेको थियो । साहित्यिक गरिमाका रुपमा स्थापित पुस्तकालय श्रोत साधन र आवश्यक पुर्वाधारयुक्त भएकाले आगामी दिनमा पुस्तकालयलाई आवश्यक पर्ने सहयोग गर्ने उनीहरुले प्रतिवद्वता जनाए ।

पुस्तक सहयोगदेखि पुस्तकालयले काम गरिरहेको विभिन्न विधामा सहयोग सद्भाव राख्ने बताउँदै कवि मोमिला जोशीले आगामी दिनमा पुस्तकालयसँग समन्वय गर्न तयार रहेको बताइन् । कविहरु मोमिला जोशी, अमृता स्मृती, कवि तथा साहित्यकारहरु केशब सिग्देल, लक्ष्मण गाम्नागे, राजेश्वर कार्की, युवराज नयाँघरे, जीवा बि.सी, डा. हरिप्रसाद, सुन्दर बस्नेत, अभय श्रेष्ठ लगायतलाई पुस्तकालयको वर्तमान अवस्था र भावी रणनीतिबारे अध्यक्ष चेतकान्त भट्टराईले जानकारी गराएका थिए । सो अवशरमा संकलित केही पुस्तक पुस्तकालयमा हस्तान्तरण समेत गरियो ।

Womui
Womui