गृहमन्त्री रामबहादुर थापा भन्छन् निर्मला पन्त हत्या प्रकरणमा राजनीतिकरण भयो

127

छिनछिन खबर

चितवन, असोज १७ । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त प्रकरणमा राजनीतिकरण भएको बताएका छन् ।प्रेस सेन्टर र प्रेस चौतारी चितवनले बुधबार संयुक्त आयोजना गरेको पत्रकार भेटभाटमा गृहमन्त्री थापाले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भएपनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण गर्न थालिएको बताए ।

निर्मलाको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको छ । अपराधीलाई कानुनको कठघरामा ल्याउन गृह मन्त्रालय गम्भीर भएर लागिरहेको छ’ गृहमन्त्री थापाको भनाई छ । उनले अपराधी पत्ता लगाएरै छाड्ने भन्दै छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्कर्षका आधारमा दोषीलाई कारबाही गर्दै अनुसन्धानलाई जारी राख्ने बताए ।

Womui
Womui