चाडबाड नजिकिंदै गर्दा काठमाडौँ जोड्ने मुख्य सडक नागढुंगा–पिपलामोड एकसाता बन्द

97

छिनछिन खबर
काठमाडौं, असोज १६ । नेपालीहरुको महान चाड दशैँ नजिकै आइरहेको छ । छ । काठमाडौँबाट घर फर्कनेहरु धमाधम टिकट लिइरहेका छन् ।तर, काठमाडौँबाट बाहिरिन तथा भित्रिन प्रयोग हुने मुख्य नाका नागढुंगा–पिपलामोड सडक खण्ड एक साताको लागि रातीको समयमा बन्द गरिएको छ ।डिभिजन सडक कार्यालय काठमाडौ २ ले सडक मर्मत तथा सुधारका लागि भन्दै असोज १५ गतेदेखि २२ गतेसम्म प्रत्येक दिन बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म यो सडक खण्डमा सवारीसाधन चल्न रोक लगाइएको हो ।

डिभिजन सडक कार्यलयले उक्त समयमा सवारी व्यवस्थापन गरिदिन आग्रह गर्दै गर्दै ट्राफिक व्यवस्थापनको लागि ट्राफिक प्रहरीलाई समेत पत्र पठाएको छ ।सोहीअनुसार ट्राफिक प्रहरीले गएराती सो सडक हुँदै सवारी साधन आवतजावतमा रोक लगाएको थियो । बिहान ५ बजेपछि सडक खुल्ला गरिएसँगै धादिङ्ग–नागढुङ्गा र थानकोट–कलंकी हुदै चल्ने सवारी साधन चापमा चलिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।उक्त सडक खण्डको मर्मतको जिम्मा कृष कन्ट्रक्सनले लिएको छ ।

Womui
Womui