वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन वार्ता

280

छिनछिन खबर
काठमाडौं, असोज १५ । पार्टी्भित्र चर्को विवाद र असन्तुष्टि बढेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालबीच लामो टेलिफोन वार्ता भएको छ ।‘दुई नेताबीच आइतबार बिहान टेलिफोन वार्ता भएको हो’ नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता विष्णु रिजालले जानकारी दिए । गत शुक्रबार नेता नेपालले केही स्थायी समिति सदस्यहरुलाई चियापानका नाममा छुट्टै भेला बोलाएर पार्टी एकताका क्रममा प्रदेश इन्चार्ज, सहइन्चार्ज अध्यक्ष र सचिव नियुक्ति सहमतिविपरित गरिएको भन्दै अध्यक्ष केपी ओली र प्रचण्डप्रति आक्रोश पोखेका थिए ।

 

 

त्यसक्रममा नेता नेपालले आफू निकटका नेताहरुलाई सचिवालयको बैठकले गरेको उक्त निर्णय सच्चाउन दवाव दिने बताएका थिए ।त्यस्तै, भेलामा नेता नेपालले सरकारका कामकारवाहीप्रति समेत आपत्ति जनाएका थिए ।पहिलो दिन संसदमा समेत माधव नेपालले सरकारका कामकारवाही सन्तोषजनक नभएको धारणा राखेका थिए ।उनले मुलुकमा हत्या हिंशाका घटाना बढिरहेको भन्दै सरकार कहाँ छ भनेर प्रश्न गरेका थिए । नेता नेपाललाई अमेरिकाबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूले केही दिन देश छोड्दा शून्यता महशुस भएको भन्दै आफू फर्केपछि सवै ठिक हुने बताएका थिए ।

नेपाल र ओलीबीच दोहोरी र नेपाल समूहले देशव्यापी जागरण अभियान चलाउने सम्मको चेतावनी दिइरहेकोब बेला प्रचण्ड र नेपालबीच भएको टेलिफोन वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।पार्टीका दुई नेताबीच सामाजिक सञ्जाल टिवटरमा एकअर्काप्रति वाकयुद्ध नै सुरुभयो । अध्यक्ष तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र नेता माधव नेपाल नजिकका मानिएका स्थायी समिति सदस्य योगेश भट्टराईबीच आरोप–प्रत्यारोप चलेपछि नेकपाभित्रको असन्तुष्टि छताछुल्ल हुन पुगेको थियो ।

पार्टी र सरकारप्रति लक्षित गरेर आफ्नै पार्टीका नेताबीच असन्तुष्टि र आरोप–प्रत्यारोप चल्न थालेपछि श्रीमति सीताको उपचारका लागि सिंगापुर पुगेका अध्यक्ष पुष्पकमल दाहालले नेता माधव नेपाललाई फोन गरेका थिए ।
े दाहाल र नेपालबीचको टेलिफोन वार्तामा आफू तत्काल स्वदेश फर्कने र असहमतिका विषयलाई सम्बोधन गर्ने आश्वसन दिएको स्रोतले बताइएको छ । प्रचण्ड पत्नी सीताको उपचारका लागि बुधबार सिंगापुर प्रस्थान गरेका थिए ।

Womui
Womui