अमेरिकामा प्रधानमन्त्री ओलीलाई कालोझण्डा

117

छिनछिन खबर
काठमाडौ,असोज १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा रहेका मधेशीहरुले कालो झण्डा देखाएका छन् ।मधेशसँग सम्बन्ध सुधार भइरहेको अवस्थामा संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई त्यहाँ बस्ने मधेशीहरुले कालो झण्डा देखाएका हुन् ।

अमेरिकाको न्युयोर्कमा आयोजित नेपालीहरुसँगको भेटघाट समेत त्यहाँका मधेशीहरुले बहिष्कार गरेका छन् ।मधेशी एशोसिएशन इन अमेरिका (मा) को संयोजकत्वमा सो विरोध कार्यक्रम भएको ‘मा’ का प्रतिनिधि सतेन्द्र साहले जानकारी दिए । उनले भने, ‘हामीले अमेरिकामा ‘मा’ को अधिवेशन गर्दा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बोलाएका थियौं तर प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिनुभयो । त्यसकै विरोधमा आज उहाँको विरोध गरेका हौं ।’प्रधानमन्त्री ओली जाने सार्वजनिक कार्यक्रम वहिष्कार गर्नुका साथै उनलाई कालो झण्डा देखाइएको पनि उनले बताए ।अमेरिकामा रहेका मधेशी समूदायको छाता संगठन मधेशी एशोसिएशन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राउतलाई निम्त्याएको थियो । तर, केन्द्र सरकारले अमेरिका जान अनुमति दिएको थिएन ।अनुमति नदिएपछि उनले जनकपुरबाट भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए ।

Womui
Womui