तीन केजी सुनसहित टोखाबाट २ जना पक्राउ

47

छिनछिन खबर
काठमाडौं,असोज ९ । प्रहरीले ३ केजी सुनसहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले सुनसहित टोखाबाट २ जनालाई पक्राउ परेको जनाएको हो ।प्रहरी स्रोतका अनुसार गत राती रसुवा घर भएका पेम्वा लामा र नरबहादुर घले तीन केजी सुनसहित पक्राउ परेका हुन् ।

घटनाबारे महानगरीय प्रहरी परिसर काठमाडौँले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर जनाकारी दिने तयारी गरेको छ । ‘टोखाबाट काठमाडौँतर्फ आउँदै गरेको एक मोटरसाइकल चेकजाँचका क्रममा सुन भेटिएको हो ।‘लामा र घलेले टेपले र्या्पिङ गरेर ल्याएको अवस्थामा सुन भेटिएको हो,’ एक प्रहरीले नाम उल्लेख नगर्न आग्रह गर्दै रातोपाटीसँग भने, ‘बाँकी अनुसन्धान भइरहेको छ ।’

Womui
Womui