संसदीय समितिका सभापतिद्वारा सपथ, अधिकांश महिला

168

छिनछिन खबर
काठमाडौं, असोज ५ । प्रतिनिधि सभाका १२ मध्ये १० वटा विषयगत समितिका सभापति सर्वसम्मत चयन भएका छन् । सभापतिमा एक÷एक जनाको मात्र उम्मेदवारी परेको थियो । उनीहरुले शुक्रबार सपथग्रहण गरे । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले उनीहरू सर्वसम्मत निर्वा्चित भएको घोषणा गरेको हो । राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठ चयन भइन् ।


महिला बालबालिका समितिको सभापतिमा सांसद निरु पाल चयन भइन् । जयपुरी घर्ती शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा चयन भएकी छन् । पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भएकी छन्। पवित्रा निरौला खरेल अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति भइन् । कल्याणीकुमारी खड्का विकास समितिको सभापति बनेकी छन् । कृष्णप्रसाद दाहाल अर्थ र कृष्णभक्त पोखरेल कानुन न्याय तथा मानवअधिकार समितिको सभापति चयन भए ।

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिको नेतृत्व संघीय समाजवादी फोरमका विमल श्रीवास्तवले पाएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भरतकुमार शाह सार्वजनिक लेखा समितिको सभापति भए ।

Womui
Womui