नवलपरासीमा रात्रिबस दुर्घटना, ३२ यात्रु घाइते

147

नवलपरासी, ५ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा दुई सवारी आपसमा ठोक्किएर भएको दुर्घटनामा ३२ यात्रु घाइते भएका छन् । काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग ठोक्किएर शुक्रबार बिहान १ः१० बजे दुर्घटना भएको हो ।

 

Womui
Womui