मलेसियामा विषाक्त मदिरा सेवनबाट मर्ने नेपालीको संख्या ६ पुग्यो १७ जना सिकिस्त (नामावलीसहित)

86

छिनछिन खबर
काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मर्ने नेपालीको सङ्ख्या बुधबार बिहानसम्म ६ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली सिकिस्त बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर सहरमा रोजगारीका क्रममा थिए ।उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए ।

 

सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा ५ जनाको मृत्यु भएको जनाइएको छ । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका ९ नेपालीको उपचार भइरहेको छ । त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा  गम्भीर बिरामी ५ जनाको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए ।व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एकएक जनाको उपचार भइरहेको जनाइएको छ ।

मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा सिकिस्त भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए ।

Womui
Womui