१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ

36

छिनछिन खबर
२३ भदौ, गोरखा । १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।


‘दुइ जनाको साथमा पाँचरपाँच किलोको सुनका बिस्कुट भेटियो,’ उनले भने । पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय लगिँदैछ ।

चीनसँगको खुल्ला सिमाना भएकाले सुन तस्करी हुने आशंकामा उक्त क्षेत्रको चेकजाँचमा प्रहरीले कडाइ गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

Womui
Womui