ट्रेड युनियन कांग्रेसले बृहत अन्तरक्रिया तथा प्रशिक्षण गर्दै

148
  • कांग्रेस सभापति सहित शिर्ष नेताहरु नेपालगन्ज आउने

नेपालगन्ज, भदौं २३-
नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसले बृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । यही भदौं २५ गते नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको हलमा उक्त कार्यक्रम गर्ने तयारी गरिएको हो । ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लका अनुसार १०५ औं वीपी जयन्तिको अवसरमा ‘नेतृत्व विकास तथा सामुहिक सौदाबाजी सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिनेछ ।

कार्यक्रमलाई प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । उद्घाटन शत्रमा पार्टीका महामन्त्री शशांक कोईराला, पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, वरिष्ठ नेता विजयकुमार गच्छेदार, नेताहरु पुर्णबहादुर खड्का, डा. प्रकाशसरण महत, बालकृष्ण खाँड, बद्री पाण्डे, किशोरसिंह राठौंर लगायत शिर्ष नेताहरुको पनि उपस्थिती रहने निश्चित भईसकेको अध्यक्ष मल्लले जानकारी दिए । अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्पन्न गर्न टे«ड युनियन कांग्रेसले विभिन्न उपसमिति गठन गरेको छ ।

कार्यक्रममा उपस्थित हुन नेपाली कांग्रेसका नेता, कार्यकर्ता, टे«ड युनियन कांग्रेसमा आवद्ध विभिन्न संस्थाका प्रमुख एवम् प्रतिनिधी लगायतलाई आमन्त्रण गरिसकिएको सचिव तोजिन्द्रबहादुर बिकले बताए । सो कार्यक्रमको तयारीका विषयमा थप छलफल गर्न शनिबार टे«ड युनियनको कांग्रेस पार्टी कार्यालयमा बैठक समेत बसेको थियो ।

Womui
Womui