यातायातका दुई कर्मचारीलाई भ्रष्टाचार मुद्दा

74

 

छिनछिन खबर

काठमाडौं, भदौ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी लाइसेन्स वितरण गर्दा ट्रायल पास गराएर घुस लिएको अभियोगमा यातायात व्यवस्था कार्यालय ठूलो भर्याङ काठमाडौंका २ कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ ।अख्तियारले ट्रायल परीक्षा उत्तीर्ण गरेकासँग घुस लिएको अभियोगमा यातायात कार्यालयका सह–लेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक (निजी) नारायण श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको हो।

 

२६ जना परीक्षार्थीहरुबाट राजश्व रकम बाहेक थप रकम लिएको अभियोगमा उनीहरु विरुद्ध आज विशेष अदालतमा अभियोग पत्र दायर भएको छ ।सेवाग्राहीसँग १६ हजार रुपैयाँ अतिरिक्त रकम लिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनीहरुसँग विगो, सोही बराबरको जरिवाना र कैद सजाय गर्न माग गरिएको छ ।

Womui
Womui