एयर एशियाले नेपालमा उडान बन्द गर्ने

45

छिनछिन खबर
काठमाडौं, भदौ २० । मेलेसियन वायु सेवा प्रदायक कम्पनी एयर एशियाले नेपालमा गर्दै आएको उडान बन्द गर्ने भएको छ । यात्रु नपाएको कारण देखाउँदै आगामी अक्टोबर १ बाट नेपालमा प्रवाह गर्दै आएको सेवा बन्द गर्ने जानकारी सहितको पत्र विमानस्थल कार्यालयलाई पठाएको छ ।


एयर एशियाले विमानस्थल कार्यालयलाई ४० करोड भन्दा बढी रकम बाँकी थियो । विमानस्थलले बारम्बार ताकेका गरेसँगै २२ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई चुक्ता गरेको थियो । विमानस्थल कार्यालयले बाँकी रकमका लागि पटक–पटक ताकेका गरेसँगै यात्रु नपाएको भन्दै सेवा बन्द गर्ने पत्र एयर एशियाले विमानस्थललाई पठाएको हो ।

सेवा बन्द गरे पनि बाँकी बक्यौता जसरी पनि उठाइने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षत्रीले बताए । ‘एयर एशिया नेपालबाट बाहिरिनु राम्रो होइन, यसले पर्यटन उद्योगमा नकारात्मक असर पु‍¥याउँछ’ उनले भने । मलेसिया जाने कामदारमाथि ठगी गरेको भन्दै नेपाल सरकारले रोजगारीका लागि मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेपछि एयर एशियाले नेपालबाट मलेसिया जाने नेपाली यात्रु पाउन सकेकोे थिएन ।

Womui
Womui