त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब बिहान ५ बजेदेखि खुल्ला

117

छिनछिन खबर
काठमाडौं, भदौ १६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अब बिहान ५ बजेदेखि खुला रहने भएको छ ।
विमानस्थलमा बढ्दो हवाई चाप न्यूनीकरण गर्न विमानस्थल कार्यालयले बिहान ५ बजेदेखि नै टर्मिनल भवन खुल्ला गर्ने निर्णय गरेको हो । यसअघि आन्तरिक उडानका लागि टर्मिनल भवन ६ बजे खुल्दा यात्रुको सुरक्षाजाँच गर्दा नै आधा घन्टा उडान ढिला हुने गरेको थियो ।


तर, अब बिहान ६ बजे नै आन्तरिक उडानतर्फको पहिलो फ्लाइट गर्ने गरी ५ बजेबाट टर्मिनल भवन खुल्ला गरिएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । विमानस्थलबाट अहिले दैनिक आन्तरिकतर्फ ३ सयभन्दा बढी उडान तथा अवतरण भइरहेका छन् ।

Womui
Womui