प्रकाण्डलाई २४ घण्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

25

छिनछिन खबर
काठमाडौं , भदौ १०। सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई २४ घण्टाभित्र अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश दिएको छ । आइतबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले विश्वकर्मालाई २४ घण्टाभित्र अदालतमा पेश गर्न निर्देशन दिएको हो ।

प्रकाण्डका भाई वीरेन्द्र विश्वकर्माले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रकाण्डलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र अदालतमा हाजिर गराउन भनेको छ ।न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिएका छन् ।प्रकाण्डलाई गत साउन २३ गते अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । त्यसलगत्तै सर्वोच्च अदालतले दुई पटकसम्म बन्दी प्रत्यक्षीकरणको रिटमार्फत रिहाको आदेश दिइसकेको छ । सर्वोच्चले रिहाको आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो । प्रहरीले चन्दा उठाएको र स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो ।

Womui
Womui