रौतहट डुंगा दुर्घटना २ को शव भेटियो, ३ जना अझै वेपत्ता

115

छिनछिन खबर
रौतहट ,भदौ १० ।रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार डुंगा दुर्घटनामा परी हराइरहेका २ जनाको शव फेला परेको छ । डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ भने ४ जना अझै हराइरहेका छन् ।


जिल्ला प्रहरी कार्यालय, रौतहटले दिएको जानकारी अनुसार, गौर नगरपालिका–४ टिकुलिया कि ६५ वर्षिया शान्तीदेवी साह र इशनाथ नगरपालिका औरया कि रुनादेवी पटेलको शव फेला परेको हो । साहको शव भारत सितामढी जिल्लाको जमुवाघाट र पटेलको भारत सितामढी जिल्लाको बेलवा घाटमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।३ जना अझै हराइरहेका छन् । उनीहरूको अहिले प्रहरीले खोजी गरिरहेको छ ।अवस्था अझै अज्ञात रहेकामा ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पटेल र उष्मा पटेल छन् ।

यीमध्ये ओमप्रकाश डुंगाका सहचालक हुन् ।औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा शनिबार पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो ।डुंगा दुर्घटना भएलगत्तै बेलुकादेखि नै सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको थियो । हराइरहेकाहरुको आइतबार बिहानैदेखि पनि प्रहरी, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा खोजी भइरहेको छ ।

Womui
Womui