कञ्चनपुर तनावग्रस्त, १७ वर्षीय किशोरको मृत्यु पाँच घाइते

68

छिनछिन खबर
महेन्द्रनगर, भदौ ८ । कञ्चनपुर पुनः तनावग्रस्त भएको छ । शुक्रबार बिहान केही शान्त रहेकोमा अपरान्ह तनाव बढ्दा प्रहरीले गोली चलाउनु प¥यो । तनाव नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा  भिमदत्त नगरपालिका –१८ का १७ वर्षीय सन्नी खुनाको मृत्यु भएको  कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।   अन्य पाँच  जना घाइते भएका छन् । शुक्रबार प्रहरीको गोली लागि एकको मृत्यु भएको छ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि विवाद बढिरहेको छ ।


स्थिति तनावग्रस्त भएपछि प्रहरीले शुक्रबार साँझ गोली चलाउँदा १७ वर्षीय सन्नी खुनाको   मृत्यु भएको हो । आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तोडफोड गर्न लागेपछि गोली चलाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार महेन्द्रनगरको चन्दन चौक निर प्रहरीको गोली लागि खुनाको मृत्यु भएको हो । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आन्दोलित छन् ।

प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो। सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको भएको थियो ।

Womui
Womui