पूर्णबहादुर खड्काको संयोजकत्वमा कांग्रेसद्वारा विधान मस्यौदा समिति गठन

39

छिनछिन खबर

काठमाडौं, भदौ ७ । नेपाली कांग्रेसले विधान मस्यौदा समिति गठन गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति बनाइएको हो । समितिका सदस्यहरुमा डा मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्र प्रसाद बडु रहेका छन् । त्यस्तै, समितिमा महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य रहेका छन् ।


विधान मस्यौदा समितिले सभापतिसँग परामर्श गरी आफ्नो कार्यविधि आफैं तयार गर्न निर्देशन दिइएको छ । समितिमा संयोजकलाई आवश्यकता अनुसार व्यक्ति तथा संस्थालाई आमन्त्रण गर्न अधिकार दिइएको छ ।बैशाखमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरे पनि करिब चार महिना पश्चात् मात्रै समिति गठन भएको छ । संघीय संरचना अनुसार कांग्रेसको संगठनात्मक संरचना बनाउनका समितिलाई निर्देश गरिएको छ । विधान मस्यौदा समिति समयमा नसक्दा भदौमा महासमिति बैठक हुन नसक्ने देखिएको छ ।

Womui
Womui