पोखरामा आठ अर्बको लगानीमा अपार्टमेन्ट बन्दै

37

छिनछिन खबर
पोखरा, भदौ ३ ।युवा व्यवसायी बिमल बसेलको अगुवाईमा पोखरामा १८ तलाको अपार्टमेन्ट बन्ने भएको छ।बसेलले पोखरा महानगरपालिका १८ सेदीमा उत्कृष्ट ‘बि एण्ड बि लेक भ्यू रिसोर्ट अपार्टमेन्ट’, निर्माणको शुरू गरेका हुन्।‘टाइम सेयरिङ’ अवधारणाबाट अपार्टमेन्ट निर्माण हुनेछ। टाइम सेयरिङ अपार्टमेन्टका आफ्नै विशेषता छन्,’ बसेलले भने, ‘मेरो २५ वर्ष पहिलेको सोच हो, जसले संसारभरका मानिसलाई दोस्रो घरको याद दिलाउनेछ।’

अपार्टमेन्टबाट फेवाताल, पोखराकाले लेकसाइड, शान्ति स्तुपा केबुलकारको दृश्यसम्म अवलोकन गर्न सकिन्छ। ३६ रोपनी जग्गामा अपार्टमेन्ट बनाउन लागेको बसेलले जानकारी दिए।१८ तलाको अपार्टमेन्ट निर्माणका लागि ८ अर्ब रूपैयाँ लाग्ने उनले बताए। ‘३ तलाको पार्किङ सहित १८ तलाको अपार्टमेन्ट निर्माण गर्नेछौ,’ उनले भने, ‘दुई वटा भवनमा गरि ४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गर्नेछौ।’अपार्टमेन्ट भित्र २ वटा रेस्टुरेन्ट, २ वटा स्विमिङ पुल सुपरमार्केट, एटिएम, ट्राभल सुविधा, मनि चेञ्जर, व्युटिपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर, फिल्म हललगायतका आवश्यक सुविधा रहने बसेलले बताए।परियोजना निर्माण हुने स्थान सम्याउने काम सकिएको निर्देशक राम बसेलले जानकारी दिए।तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य परियोजनाको छ।‘पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनिसक्दा आफूहरु पनि सेवाका लागि तयार गरिसक्नेछौ,’ बसेलले भने ‘सरकारले २० लाख पर्यटक ल्याउँदा राख्नका लागि उपयुक्त स्थान समेत हुनेछ।’

अपार्टमेन्टका विशेषताहरू सेभेन स्टारस्तरको हुने उनले बताए । परियोजनाका अपार्टमेन्टको बुकिङसमेत सुरु भएको छ ।१ करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्न सकिनेछ।प्रि(लन्चिङको अवसरमा ५ प्रतिशत छुटको व्यवस्था गरेको बसेलले जानकारी दिए। केबुलकार भ्यू भएको भवनका अपार्टमेन्टको १ करोड ३३ लाख र फेवा भ्यू भएको अपार्टमेन्टको २ करोड ८९ लाख रुपैयाँसम्म पर्ने उनले बताए।परियोजनाको शनिबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रि(लन्च गरेका छन्।कार्यक्रममा मुख्यमन्त्री गुरुङले आज गर्छु भनेका काम आजै गर्नुपर्ने बताए । उनले यस्ता परियोजनाले प्रदेशको विकासलाई टेवापुग्ने बताए।बसेलको अगुवाईमा निर्माण हुन लागेको अपार्टमेन्टले प्रदेशमा अन्य लगानी भित्र्याउन सहयोगी हुने बताए। प्रि(लन्चिङ कार्यक्रममा ५० वटा अपार्टमेन्ट बुकिङ भएको कम्पनीले जानकारी दिएको छ।

Womui
Womui