एकाएक चीनमा गैंडा पठाउने कार्यक्रम रोकियो

197

छिनछिन खबर
काठमाडौं , साउन ३१ ।नेपाल सरकारले उपहारस्वरुप चीन सरकारलाई पठाउन लागिएको दोश्रो चरणको एक सिंगे गैडा हस्तान्तरणको आजको कार्यक्रम रोकिएको छ ।

मंगलबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सौराहाबाट दोश्रो चरणका मितिनी र सोल्टी नामका एकजोडी गैंडा चीन पठाउनका लागि ल्याइपुर्याएको छ, तर मितिनी र सोल्टी लगिने भनिएको चीनको गोन्जाओमा अहिले भीषण हावाहुरी चलेका कारण आजको कार्यक्रम स्थगित भएको वन मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।उनका अनुसार गोन्जाओमा आएको भीषण आँधीबेहरीका कारण कार्गो बोइङ अवतरण गर्न नसक्ने भएकाले उक्त कार्यक्रम स्थगित भएको हो ।आज चिनियाँ पक्षलाई गैंडा हस्तान्तरण गर्ने कार्यक्रम राखिए पनि त्यसको सट्टा भोली साँझ ६ बजेका लागि सो कार्यक्रम तय भएको छ । भोली साँझ वनमन्त्री शक्तिबहादुर बस्नेतले चिनियाँ पक्षलाई गैंडा हस्तान्तरण गर्नेछन् ।

चीनलाई दुई जोडी गैंडा पठाउने सरकारको निर्णय अन्तर्गत पहिलो चरणमा डेढ बर्षको भद्र र २ बर्षकी रुपसीलाई गएको असार २६ गते विदाई गरिएको थियो । दोश्रो चरणमा मितिनी र सोल्टीलाई चीन पठाउने तयारी गरिंदैछ ।यसअघि सरकारले संरक्षण, प्राकृतिक प्रजनन, अध्ययन, अनुसन्धान र संरक्षण शिक्षा प्रर्वद्धन गर्ने उद्देश्यले चीनलाई गैंडा उपहार दिने निर्णय गरेको थियो । काठमाडौं ल्याइएको गैंडा कार्गो बोइङमा राखेर नेपालबाट चीन लैजाने कार्यक्रम तय भएको छ ।यो पटक नेपालवाट लगिएको गैंडालाई चीनको सांघाई वाइल्ड एनिमल पार्कमा राखिनेछ । यसअघि रुपसी र भद्रलाई चीन चिमेलाङ पार्कमा राखिएको थियो ।यसअघि पनि चितवन राष्ट्रिय निकुञ्जबाट छिमेकी राष्ट्र भारत, संयुक्त राज्य अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रिया लगायतका मुलुकमा २६ वटा गैंडा उपहार स्वरुप पठाइसकिएको चितवन राष्ट्रिय निकुञ्जले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।२०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा पाइन्छ । जस मध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा छन् ।

Womui
Womui