साउनको अन्तिम सोमबार पशुपतिमा देखिएको दृश्य

79

छिनछिन खबर
काठमाडौँ , साउन २८ । आज साउनको अन्तिम सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीको घुइँचो लागेको छ ।हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने ब्रत समापन गर्दछन् ।

ब्रत बसेका ब्रतालुहरुले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर ब्रत बसेमा शिव खुसी भई आफुले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।दर्शनार्थीको घुँइचोका कारण आज पशुपति आसपासका क्षेत्र जोरपाटी, चाबहिल, जयबागेश्वरी, गौशला र एयरपोर्टमा गाडीको चाप छ ।

 

Womui
Womui