जसले विमान चोरेर ‘आत्महत्या’ गरे

37

छिनछिन खबर
साउन २७ ।सियाटल विमानस्थलबाट यात्रुवाहक विमान चोरेर त्यसलाई दुर्घटना गराउने व्यक्ति एयरलाइनकै कर्मचारी भएको खुलासा भएको छ ।२९ वर्षीय रिचार्ड रसल होराइजन एयरमा पछिल्लो तीन वर्षदेखि लोडरको रुपमा काम गर्दै आएका थिए । यद्यपि, उनीसँग विमान चलाउने लाइसेन्स भने थिएन ।

रिचार्डले शुक्रबार ७६ सिट क्षमता भएको विमान चोरेर उडाएका थिए । जसको कारण विमानस्थल बन्द गर्नुपरेको थियो भने ९÷११ को घटना दोहोरिने आशंका गरेर दुई फाइटर जेटले विमानको पिछासमेत गरेको थियो ।उनले ९० मिनेटसम्म विमान उडाएका थिए सो क्रममा उनले हवाई कौशल पनि देखाएका थिए ।अन्ततः विमान केट्रोन टापुमा दुर्घटनाग्रस्त बनेको थियो ।विमान कम्पनीमा रसलका समकक्षीले उनी ‘शान्त व्यक्ति’ भएको बताएका छन् । ‘उनलाई सबैले मनपराउँथे,’ रिक क्रिस्टेनसनले सियाटल टाइम्ससँग कुरा गर्दै भने, ‘रिचार्ड र उनको परिवारको लागि दुःखी छु ।’एयर ट्राफिक कन्ट्रोलसँग गरिएको कुराकानीमा उनलाई विमान पूर्णरुपमा चलाउन नआउने र आफ्नो उपलब्धिबाट आफै चकित भएको पाइएको छ । कुराकानीमा उनले आफ्नो उद्देश्य कसैलाई हानी पुर्याउन नभएको बताउँदै आफूलाई ‘हारेको व्यक्ति’ भन्दै आफ्नो निकटसँग माफी पनि मागेका छन् ।

Womui
Womui