चन्दा आतंक मच्चाएकाले विश्वकर्मा पक्राउ परे

28

छिनछिन खबर
काठमाडौं, साउन २५ ।गृहमन्त्री रामबहादुर थापाले चन्दा आतंक मच्चाएकाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको बताएका छन्।प्रहरी तालिम केन्द्र भरतपुरमा जुनिअर प्रहरी अधिकृतको दीक्षान्त समारोहमा पुगेका गृहमन्त्री थापाले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विश्वकर्मा अपराधमा संलग्न भएकाले उनले कानुनी कारबाही भोग्नुपर्ने बताए।

पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मालाई प्रहरीले मंगलबार राति काठमाडौंबाट पक्राउ गरेको थियो। उनीसँग बरामद् भएका कागजात हेर्दा सात करोड रूपैयाँ चन्दा असुलेको देखिएको प्रहरीले जनाएको छ।अदालतबाट म्याद थपेर प्रहरीले विश्वकर्मामाथि थप अनुसन्धान गरिरहेको छ।गृहमन्त्री थापा र विश्वकर्मा तत्कालीन माओवादी पार्टीमा सँगै काम गर्थे।

Womui
Womui