भारतको जयनगरदेखि नेपालको खजुरी स्टेसनसम्म रेलको परीक्षण सेवा सञ्चालन

126

छिनछिन खबर
जनकपुर ,साउन २४ ।जनकपुर(जयनगर(बर्दिवास ब्रोडगेज रेल सेवाको परीक्षण गरिएको छ।रेल निर्माणको ठेक्का लिएको भारतीय इर्कान कम्पनीले बुधबार रेल सेवाको सफलतापूर्वक परीक्षण सम्पन्न गरेको हो।

भारत सरकारको सहयोगमा करिब १० अर्ब रुपैयाँ लागतमा निर्माण भएको सो ब्रोडगेज रेल सेवाको पहिलो चरणमा भारत जयनगरदेखि नेपालको खजुरी स्टेसनसम्म ८.५ किलोमिटर दुरी परीक्षण सञ्चालन गरिएको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका प्रमुख इन्जिनियर विनोद ओझाले बताए। ’अधिकांश काम अन्तिम चरणमा पुगिसकेका छन्,’ उनले भने, ’पहिलो चरणमा अक्टोबरसम्म जयनगरदेखि कुर्थासम्म पूर्ण रुपमा सेवा सञ्चालन गर्ने तयारी छ।’

निर्माण पूरा भएपछि जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर दुरीमा रेल गुड्नेछ। जसमा ३ किमि मार्ग भारतमा पर्छ। यसका लागि महोत्तरीको भङ्गहादेखि बर्दिवाससम्मको लिक वरिपरिको खण्डमा अधिग्रहणको काम भइरहेको छ।दोस्रो चरणमा २०१९ मार्चदेखि धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि र सोही वर्ष्भित्र बिजलपुरादेखि बर्दिबाससम्म १७ किमि रेलमार्थ सञ्चालनमा ल्याउने योजना रहेको इन्जिनियर ओझाले जानकारी दिए।

Womui
Womui