चार नेपाली क्रिकेटर परे आइसिसीको ट्वान्टी–ट्वान्टी बरियतामा

46

छिनछिन खबर
काठमाडौ, साउन २२ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपालका चार खेलाडीलाई बरियतामा राखेको छ । आइसिसिले सार्वजनिक गरेको नयाँ बरियतामा ट्वेन्टी–ट्वेन्टी क्रिकेटतर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका हुन् ।
ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र अटाएका हुन् । पारसले १२ अन्तर्राष्ट्रिय खेलमा २३६ रन बनाएका थिए भने भेषावकरले ११ खेलबाट १९९ रन बनाएका थिए ।


ब्याट्सम्यानको बरियतामा पारस २६५ अंकसहित ९० औं स्थानमा छन् भने २३८ अंकसहित शरद ९८ औं स्थानमा रहेका छन् । यसको शीर्ष स्थानमा अष्ट्रेलियाका आरोन फिन्च तथा दोस्रोमा पाकिस्तानका फकर जमान र तेस्रो स्थानमा भारतीय खेलाडी लोकेश राहुल छन् ।
यस्तै ट्वान्टी–ट्वान्टी बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औं तथा ३३८ अंकसहित सोमपाल ९२ औं स्थानमा रहेका छन् । वसन्तले १२ खेलबाट १६ विकेट लिएका छन् भने सोमपालले १२ खेलबाट १३ विकेट लिएका छन् । ट्वान्टी ट्वान्टी बलरको शीर्ष स्थानमा अफगानिस्तानका रासिद खान छन् भने दोस्रो स्थानमा पाकिस्तानका सहादाब खान छन् ।

Womui
Womui