संसदिय समितिबाट सिक्टा अनुगमन गर्न नागरिक सरोकार समितिको माग

185

नेपालगन्ज, साउन १९-
राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको नहर परीक्षणका क्रममा नहर भत्किएको विषयमा संसदिय समितिबाट अनुगमन गर्नुपर्ने नेपालगन्जका सरोकारवालाले माग गरेका छन् । विकासका लागि नागरिक सरोकार समिति बाँकेले गरेको छलफलमा उपस्थित नागरिक समाजका अगुवाले सिक्टामा पटक–पटक नहर भत्किने समस्या देखा परेको भन्दै यसको दिर्घकालिन रुपले समाधान खोज्न सरकारले गम्भिरतापुर्वक चासो देखाउनुपर्ने बताए । पटक-पटक सिक्टाको नहर भत्किनुमा कर्मचारी र ठेकेदारको बद्मासी भएको नागरिक समाजका अगुवाले जोड दिए । आयोजनाको पश्चिम मुल नहर अन्तर्गत ढकेरीस्थित चंगाई नाला नजिक साउन ७ गते परीक्षणका क्रममा भत्किएको थियो ।

आयोजनाले २०७३ असार १४ गते पहिलो पटक नहर परीक्षण गर्दा झिझिरी खोलाको किनारमा नहर भत्किएको थियो । सिक्टाको मुल नहर पटक–पटक भत्किएको विषयमा चासो राख्दै आएको विकासका लागि नागरिक सरोकार समिति बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका तर्फबाट संयोजक कृष्णप्रसाद श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै संघीय सरकार तथा प्रदेश सरकारको गम्भीरतापूर्वक ध्यानाकृष्ठ गराउँदै आयोजनाको निर्माण, डिजाईन इस्टीमेटको पुनरावलोकन तथा संसदीय समितिबाट अनुगमन गरेर दिर्घकालिन रुपमा आयोजनालाई थप भार नपर्ने गरी समाधान खोज्न माग गरेका छन् । ‘पटक–पटक नहर भत्किई रहँदा यसको निर्माणको गुणस्तरमाथि प्रश्न उठ्नु अस्वाभाविक होईन, अर्बौ रुपैयाँ खर्च भईसकेर पनि नहर परीक्षणकै क्रममा भत्किरहेको अवस्थाले लगानी बालुवामा पानी भए सरह बनेको देखिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

आयोजनाले बाँकेको ४२ हजार ७ सय ६६ हेक्टर कृषि योग्य जमिन सिंचित गरी कृषिलाई टेवा पु¥याउने उद्देश्यका साथ चरणबद्ध निर्माणका क्रममा रहेको छ । ‘निर्माणका क्रममा विभिन्न स्थानमा स्थानीय गाउँलेबाट समेत नहरको लागि माटो अनुपयुक्त रहेको भन्दै बिरोध जनाएकै हो, आयोजनाका तर्फबाट प्रविधिकिय जाँच गरी त्यसको उपचार गरिने र तत्पश्चात यस्ता समस्या नदोहोरिने भनी आश्वस्त बनाईएकोमा हालै २०७५ साउन ७ गते पुनः ढकेरी क्षेत्रकै चंगाईनाला नजिक नहर भत्किएको छ, यसबाट आयोजना आफ्नो कामप्रति गम्भीर नरहेको महसुस हुन आएको छ,’ विज्ञप्तीमा उल्लेख छ ।

Womui
Womui