१० वर्षमा ५० लाख पर्यटक भित्र्याउने घोषणा, होला सम्भव ?

110

छिनछिन खबर
काठमाडौं, साउन १७ । सरकारले आगामी १० वर्षमा ५० लाखसम्म पर्यटक भित्र्याउने घोषणा गरेको छ । सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउने योजना अगाडि सारेको सरकारले आगामी ५ देखि १० वर्ष भित्रमा ५० लाख पर्यटक नेपाल भित्र्याउने बताएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले संयुक्त रुपमा आगामी ५ वर्षको पर्यटन क्षेत्रको समग्र सुधारका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले उत्तर र दक्षिण दुवै तर्फबाट रेलमार्ग निर्माणको प्रक्रिया सुरु भएकाले एकाध वर्षभित्रै रेल चढेरै भएपनि नेपालमा पर्यटकको ओइरो लाग्ने बताए । उनले रेल चढेरै १० देखि २० लाखसम्म पर्यटक नेपाल आउने जिकीर गरे ।
होटल तथा अन्य भौतिक पूर्वाधारमा समेत जोड दिनुपर्ने उनको भनाइ थियो ।

Womui
Womui