जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्ने पक्षमा नेकपा

39

छिनछिन खबर
काठमाडौं, साउन १४ ।नेपाल कम्युनिष्ट पार्टी प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीलाई संसदीय सुनुवाइबाट अनुमोदन नगर्ने पक्षमा उभिएको छ।जोशीबारे निर्णय गर्न समितिको बैठक बस्नुअघि नेकपा सांसदहरूले सिंहदरबारस्थित संसदीय दलका उपनेता सुवास नेम्वाङको कार्यकक्षमा छलफल गरेका थिए। सो छलफलमा पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल र नेकपा निकट कानुन व्यवसायी टीकाराम भट्टराई पनि सहभागी थिए।

नेकपा सांसदको छलफलपछि जोशीबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक सुरू भएको छ।प्रधानन्यायाधीश सिफारिश जोशीको गत बिहीबार संसदीय सुनुवाइ भएको थियो। त्यसयता शुक्रबारको बैठक सरेको थियो भने आइतबार बैठकमा सामान्य छलफल भएको थियो। सुनुवाइ समितिका सदस्यहरु जोशीको सुनुवाइप्रति असन्तुष्ट थिए।

यो पनि पढ्नुहोस्( प्रस्तावित प्रधानन्यायाधीश ’रेड जोन’ मा, अध्यक्षको निर्णय कुर्दै नेकपा सांसदसुनुवाइका क्रममा जोशीले न्यायालयमा भ्रष्टाचार र विचौलिया रोक्ने प्रतिवद्धता मागेका थिए। तर जोशीले यी विषयहरुलाई पन्छाएका थिए। त्यस्तै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको, प्रमाणपत्रको उजुरीबारे जोशीले दिएको जवाफ सांसदहरुले चित्त बुझाएका थिएनन्।जोशी ‘प्रधान सेनापति’को शैलीमा प्रस्तुत भएको आरोप सांसदहरुले लगाएका थिए। सुनुवाइमा असन्तुष्ट नेकपाका सांसदहरुले जोशीलाई अस्वीकार गर्न पार्टी नेतृत्वसँग लबिङ गरेका थिए। नेकपाको नेतृत्वले ‘ग्रिन सिग्नल’ नदिँदा सुनुवाई समितिको बैठक तीन दिन सरेको थियो।सुनुवाइ समितिमा नेपाली कांग्रेसले भने जोशीको पक्षमा मत दिने भएको छ। सुनुवाइ समितिका कांग्रेसका चार सांसद छन्।

Womui
Womui