बझाङमा पहिरोले पुरिँदा ४ जनाको मृत्यु, २ बालक घाइते

211

छिनछिन खबर
बझाङ, साउन ५ । बझाङको खप्तड छान्ना गाँउपालिका–६, वयानामा पहिरोमा पुरिएर ४ जनाको मृत्युु भएको छ । घटनामा अन्य २ जना बालक घाइते भएका छन् ।


मृत्युु हुनेमा पाटादेवलकी स्वास्थ्य स्वयमसेविका २८ वर्षीया महेश्वरी थापा, उनका नाबालक छोरा कृष्ण थापा, उनकी सासु उजेली थापा र सोही गाउँका मंगल थापा रहेका छन् । घाइते हुने बालकहरु कवि थापा र रिकेश थापा रहेका छन् ।
पहिरोले घर तथा चौतारी बगाउँदा ठूलो मात्रामा मानवीय क्षति भएको बझाङ प्रहरीले जनाएको छ ।

Womui
Womui