एम्बाप्पेले विश्वकपको सबै कमाई च्यारिटीमा दिने

245

काठमाडौं, साउन १ (एजेन्सी) । रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् ।


१९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका थिए । सञ्चारमाध्यमका अनुसार एम्बाप्पेले विश्वकपबाट ५ करोड ५८ लाख रूपैयाँ कमाइ गरेका छन् । उनले प्रति खेल २४ लाख ७८ हजार रुपैयाँ कमाइ गरेका थिए । फ्रान्सको पत्रिका एल इक्विपीका अनुसार प्रिमियर्स डी कोर्डी नामक बच्चाहरुलाई मद्धत गर्ने संस्थालाई एम्बाप्पेले सबै रकम खर्चिन लागेका हुन् ।

Womui
Womui