डा. केसीलाई सडकबाट समर्थन–(फोटो फिचर)

159

नेपालगन्ज, असार ३०-
जुम्लामा अनसनमा बसेका प्राध्यापक डा. गोबिन्द के.सीको मागप्रति ऐक्यवद्धता जनाउँदै शनिबार बाँकेमा प्रर्दशन गरिएको छ । नेपालगन्ज र कोहलपुरमा छुट्टा–छुट्टै प्रर्दशन गरिएको हो । नेपालगन्जको धम्बोझी चोकमा डा. केसीको पक्षमा विभिन्न नारा अंकित प्लेकार्ड सहभागीले बोकेर प्रर्दशन गरेका थिए ।

प्रर्दशनका क्रममा सामाजिक अभियन्ता हेमन्तराज काफ्ले, नमस्कार शाह, रबिन्द्र बोहरा र सुरेन्द्र सापकोटाले सम्बोधन गरेका थिए । सो क्रममा ५० बढी युवाको सहभागिता रहेको थियो । बोल्ने वक्ताले १५ दिन सम्म विभिन्न माग राख्दै अनसनमा बसेका केसीको स्वास्थ्य अवस्था खतरामा परेको भन्दै सरकार यस बिषयमा सम्वेदनशिल हुन नसकेको बताए । उनीहरुले तत्काल केसीका माग सम्बोधन गर्न आग्रह गरे । डा. केसीको पक्षमा युवाले नेपालगन्जमा प्रर्दशन गरेको यो तेस्रो पटक हो ।

यस्तै डा. केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै शनिबार कोहलपुरमा पनि प्रर्दशन भएको छ । नेपाल बिद्यार्थी संघ बाँकेको अगुवाईमा प्रर्दशन भएको हो । कोहलपुरको बिद्यतुरोडबाट सुरु भएको प्रर्दशन चौराहासम्म पुगेको थियो ।

प्रर्दशनपछि आयोजित कोण सभालाई नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, कांग्रेस बाँकेका सचिव कपिल शर्मा, नेविसंघ बाँकेका अध्यक्ष पुर्णप्रसाद आचार्य, नेविसंघ प्रदेश पाँचका सदस्य भोला शर्मा, महासमिति सदस्य नारायणप्रसाद गौडेल लगायतले सम्बोधन गरेका थिए । सो क्रममा बोल्ने वक्ताले डा. केसीले उठाएका जायज मागलाई सरकारले तत्काल सम्बोधन गरेर उनको जीवन रक्षा गर्नुपर्ने माग गरे ।

Womui
Womui