१२ वर्षपछि फ्रान्स फाइनलमा, बेल्जियम पराजित

115

काठमाडौं,, असार २७ (एजेन्सी) । १२ वर्षपछि फ्रान्स फाइनलमा प्रवेश गरेको छ । बेल्जियमलाई पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकपमा फाइनल प्रवेश गरेको हो । फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित ग¥यो ।


सन् १९९८ मा ब्राजिललाई ३–० ले पराजित गर्दै पहिलोपटक विश्व विजेता बनेको फ्रान्स तेश्रो पटक विश्वकप फाइनलमा पुगेको हो । फ्रान्स यसअघि सन् २००६ को विश्वकपमा इटालीसँग पेनाल्टीमा ५–३ ले पराजित भएको थियो । बेल्जियमलाई फ्रान्सले खेलको दोश्रो हाफको ५१ औं मिनेटमा गोल गरेको थियो । फ्रान्सका लागि त्यो गोल स्यामुयल उमटिटीले गरेका थिए । उनले हेडमार्फत सो विजयी गोल गरेका हुन् ।

बेल्जियम पाँचपटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा आएको थियो । फ्रान्सले विश्वकप उपाधिका लागि क्रोएशिया र इङ्ल्याण्डबीच हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

Womui
Womui