बिद्यार्थीले यसरी गरे बिद्यालयमा कृतिम घटना अभ्यास

189

नेपालगन्ज, असार २४-
जिल्लामै सबैभन्दा बढी बाढी, आगलागी तथा भुकम्प जस्ता प्राकृतिक विपदको जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकाको विभिन्न बिद्यालयका बालबालिका, अभिभावक र शिक्षकलाई विपद जोखिम न्यूनिकरणबारे सचेतनामुलक अभियान सञ्चालन गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका सम्भावित जोखिममा रहेका विभिन्न बिद्यालयका बालबालिकालाई आगलागी, भूकम्प र बाढी आएको बेला कसरी जोगिने र अरुलाई पनि जोगाउने भन्ने तालिम दिने उद्देश्यका साथ कृतिम घटना अभ्यास गराएर उनीहरुलाई सचेत बनाउने कार्य भइरहेको छ ।

राप्तीसोनारी-६ स्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय गुलरी र सुकमैया प्राथमिक बिद्यालय कमैयाडाँडामा अध्ययनरत बालबालिकालाई आगलागि र भूकम्पको कृतिक घट्ना अभ्यास गराएर सचेत पार्ने कार्य गरियो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको बाढी प्रभावित बालबालिकाका लागि शिक्षा पुनस्र्थापना कार्यक्रम अन्तर्गत कृतिम घट्ना अभ्यास गराएर सो सचेतना अभियान सञ्चालन गरिएको हो ।
सो अभियानबाट बिद्यालयमा अध्ययनरत सयौं बालबालिका, उनका अभिभावक र शिक्षकहरु सचेत हुनुका साथै त्यस्तो समय आएमा कसरी जोगिने र जोगाउने भन्ने तरिका उनीहरुले सिकेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । गाउँपालिकाका बिद्यालयमा बाढी, आगलागी र भूकम्प जस्ता विपदबाट सचेत रहने र जोखिम न्यूनिकरण गर्ने कार्य उक्त अभियानबाट भईरहेको उनले बताए ।

यस्तै राप्तीसोनारी–६, गुलरीस्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा आगलागीका बारेमा कृतिम घटना अभ्यास गरिएको थियो । बिद्यालयमा आगलागी भयो भने कसरी बाँच्ने, आगो लाग्न नदिन के–के गर्ने, आगलागी हुँदा हुने नोक्सानीका बारेमा विद्यार्थी र स्थानीयबासीलाई राखेर कृतिम घटना अभ्यास गरिएको थियो । सोही प्रकारले राप्तीसोनारी–६, कमैयाडाँडास्थित सुकमैया प्राथमिक बिद्यालयमा भूकम्प आएमा कसरी जोगिने अनि कसरी बाहिर निस्कने तथा कोही घाईते भएमा कसरी उपचार गर्ने गराउने बारेमा कृतिम घटना अभ्यास गराईएको थियो । सो अवसरमा बालबालिकाले गरेको नाटकबाट त्यहाँ रहेका सयौं सर्बसाधारणले पनि सचेत हुने अवसर पाएको सो कार्यक्रमका कार्यक्रम संयोजक साजिद अली सिद्दिकीले बताए ।

दुबै बिद्यालयमा सञ्चालन गरिएको कृतिम घट्ना अभ्यासमा बालबालिका, अभिभावक र शिक्षक गरेर करिब ४ सय ५० बढीको सहभागिता रहेको थियो । बिद्यालयमा पहिलो पटक गरिएको उक्त अभ्यासबाट बालबालिकाले धेरै कुरा सिक्ने अवसर पाएको र सो अभ्यास तथा कार्यक्रम निकै उपलब्धीमूलक रहेको राप्तीसोनारी–६, कमैयाडाँडास्थित सुकमैया प्राथमिक बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताए । यस्तो प्रकारको कृतिम अभ्यास आफ्नो बिद्यालयमा पहिलो पटक गरिएको जनाउँदै यसले ठुलो सचेतना फैलाएको राप्तीसोनारी–६, गुलरीस्थित नेपाल राष्टिय आधारभुत बिद्यालयका छात्रा समिता थारुले बताए । कृतिम अभ्यास र सचेतनामूलक अभियानले बिद्यार्थी र अभिभावकलाई विपदबाट जोगिन ठुलो सहयोग पुग्ने राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।

Womui
Womui