मजदुरले हेर र पर्खको नीति अवलम्बन गर्नु पर्छः कँडेल

81

नेपालगन्ज, साउन २३–
मजदुरले गर्नु पर्ने कर्तव्य पूरा नगरी अधिकार खोज्नु नहुने ५ नम्बर प्रदेश अध्यक्ष कृष्ण कँडेलले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङ्कर इकाई कमिटी राँझा एयरपोर्टको पाँचौं अधिवेशनका क्रममा बताएका छन् । यातायात मजदुरले पाउँदै आएको सेवासुविधा प्राप्त गर्न सामाजिक उत्तरदायित्व पूरा गर्ने विभिन्न प्रकारका गुण हुनु पर्ने बताउँदै कँडेलले भने, ‘म जिम्मेवार यातायात मजदुर, म मादक पदार्थ सेवन गरी सवारी चलाउँदिन । म बालबालिका, अपाङ्ग, अशक्त वृद्ध र महिलालाई सम्मान गर्छु । म शिष्ट बोली बोल्छु र शिष्ट व्यवहार चाहान्छ । म सामाजिक प्राणी हुँ समाजका हरेक गतिविधिमा समावेश हुन चाहन्छु । म ट्राफिक नियमको पालना गर्छु भन्ने गुण भएका यातायात मजदुरले कहिल्यै उचित सेवासुविधाबाट वञ्चित हुनुपर्दैन ।’


उचित पारिश्रमिक र सेवासुविधा नपाएका यातायात मजदुरले आवेशमा आन्दोलनको बाटो अपनाउनु भन्दा पर्ख र हेरको नीतिलाई अवलम्बन गर्नु पर्ने अध्यक्ष कँडेलले बताए । कँडेलले भने,‘एकाध ठाउँमा यातायात मजदुरले विभेदको सामना गरिरहनु परेको यथार्थलाई नकार्न सकिँदैन, त्यसैले आवेशमा आई आन्दोलनको बाटो अपनाउनु हुँदैन । र साथै अहिलेको परिवर्तित सवारी नियमावली मजदुरको पक्षमा छ त्यसैले राज्यले बनाएको नियमावलीलाई मजदुर र व्यवसायीले पालना गरे मजदुरले विभेदको सामना गर्नु पर्दैन ।’
नेपाल टे«ड युनियन महासंघ जिफन्टका केन्द्रीय वरिष्ठ युनियनकर्मी सञ्जालका सदस्य केशव गिरीले प्रादेशिक संरचना अनुरुप महासंघलाई पनि सोही ढाँचामा ढाल्दै लगेको बताए । महासंघमा आबद्ध घटक युनियनबारे आफूहरु सक्रिय भएर काम गरिरहेको बताउँदै उनले भने,‘जिफन्टले आफ्ना घटक युनियका समस्यालाई हरतवरले समाधान गर्नेतर्फ उन्मुख छ । त्यसैले जिम्मेवारीको परिधिमा रहेर काम गर्ने मजदुरलाई थिचोमिचो पर्छ भने महासंघले उसको पक्षमा आवाज उठाउँछ ।’
कार्यक्रममा बोल्ने अधिकांशवक्ताले ट्याङ्कर व्यवसायीलाई राज्यले अपहेलना गरेको बताएका छन् । जोमिखपूर्ण अवस्थामा सेवा दिई रहेका यातायात मजदुरको श्रम ऐनमा उचित पारिश्रमिक तोकिनु पर्ने माग राखेका थिए । त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङ्कर इकाई कमिटी केन्द्रीय उपाध्यक्ष ध्यानबहादुर राईले संगठनबारे चर्चा गरेका थिए ।

ट्याङ्कर इकाईको अध्यक्षमा खड्का

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङ्कर इकाई कमिटी राँझा एयरपोर्टको पाँचौं अधिवेशन सम्पन्न भएको छ । ट्याङ्कर व्यवसायी तेजजंग खड्काको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्माण गरेको छ ।
जसको उपाध्यक्षमा इन्द्रबहादुर क्षेत्री, सचिवमा जगत थापा, सहसचिव कुमार रेग्मी, कोषाध्यक्ष भीमबहादुर तामाङ सर्वसम्वत चयन भएका छन् । पृथ्वी सिंह, दिलबहादुर शाही, केशवबहादुर ओली, केवल सिंह, संजय खत्री, मानबहादुर चन्द, करणजित सिंह, सिद्धराज पाण्डे, सूर्य रावत, मोहनबहादुर बुढा सदस्यमा चयन भए । त्यस्तै सात जनाको सल्लाहकार समिति पनि गठन गरिएको अञ्चल कमिटीका पूर्वअध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

Womui
Womui