कर्णाली तर्फका हवाई उडान बन्द, यात्रु अलपत्र

50

खजुरा, बाँके, १९ असार । निरन्तर भारी वर्षाका कारण नेपालगन्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ । आइतबार साँझदेखि सुरु भएको वर्षाले नेपालगन्जबाट कर्णाली क्षेत्र अन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगन्जका सूचना अधिकारी कृष्ण गौतमले बताएका छन् ।


नेपालगन्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहँुदा ५ सय भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् । कर्णालीबाहेक काठमाडौँको उडान मात्र नियमित रहेको सो कार्यालयले जनाएको छ ।
रासस

Womui
Womui