अविरल वर्षाका कारण नेपालगन्जका बस्ती जलमग्न

284

छिनछिन खबर
नेपालगन्ज, असार १८ । अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न छन् ।नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।

बजार र ग्रामिण बस्ती नै डुबानमा परेपछि स्थानीयबासीको दैनिकी प्रभावित भएको छ । यातायात आवामन र व्यवसाय प्रभावित भएको छ । स्कुल कलेज जाने विद्यार्थी, कर्मचारी समस्यामा परेका छन् । खोला र नदि किनाराको छेउछाउमा भएका बस्ती पानीले डुबाउँदै छ । बाँकेमा वर्र्र्र्षेनी डुवान हुने गरे पनि समस्या सामाधानको पहल भएको छैन । पानी निकासको प्रबन्ध नमिलााउँदा र सीमा क्षेत्रमा भारतीय पक्षले बाँध बाँध्दा नेपालगन्ज डुवानमा पर्ने गरेको छ ।

वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीय बासिन्दालाई उच्च ठाउँमा गई सर्तक रहन
स्थानीय प्रशासनले सूचित गरेको छ । उद्धारका लागि सुरक्षकर्मीलाई राखिएको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डडुवा, राप्तीसोनारी र नदी आसपासका बासिन्दालाई सुरक्षाको लागि अग्लो स्थान खोज्न आग्रह गरिएको बताए ।

Womui
Womui