उरुग्वेद्वारा आयोजक रसिया स्तब्ध

105

छिनछिन खबर
काठमाडौं, असार ११ (एजेन्सी) । विश्वकप फुटबल प्रतियोगितामा उरुग्वे समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा आयोजक रसियालाई ३–० गोलले पराजित गर्दै उरुग्वे समूह विजेता बनेको हो । उरुग्वेले लगातार ३ खेल जित्दा रसियाले २ जित र १ हार बेहा¥यो । उरुग्वे विश्वकपमा अन्तिम १६ मा पुगेको यो लगातार तेस्रो पटक हो । यस्तै उरुग्वेले विश्वकपका समूह चरणमा तीनै खेल जितेको यो पहिलो पटक हो ।

उरुग्वेका लागि लुईस सुआरेजले दशौं मिनेटमा फ्रिकिकमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए । २३ मिनेटमा रसियाका चेरिसेभको खुट्टामा बल लाग्दै रसियाको पोस्टमा बल छिर्दा उरुग्वेको अग्रता दोब्बर भयो । ३६ मिनेटमा रसिया १० खेलाडीमा सीमित बन्यो । स्मोलनिभो दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । उनले २७ मिनेटमा पनि पहेँलो कार्ड पाएका थिए । १० खेलाडीमा सीमित भएपछि रसिया दबाबमा आयो । अन्तिम मिनेटमा इडिन्सन काभानीले उरुग्वेका लागि तेस्रो गोल गरे ।

Womui
Womui