पेट्रोलियम पदार्थको मूल्य घटाउँदा निगमलाई ७ करोड ८४ लाख घाटा

41

छिछिन खबर
काठमाडौं , असार ४ । आयल निगमले आइतबारबाटै लागु हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको छ । आइतबार रातको १२ बजेबाट लागु हुने गरी पेट्रोल तर्फ ३ रुपैयाँ प्रतिलिटर र डिजेलतर्फ २ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो ।

हरेक १५÷१५ दिनमा हुने मूल्य समायोजन अुनसार यो पटकको मूल्य समायोजन गर्दा निगमलाई अर्धमासिक रुपमा ७ करोड ८४ लाख रुपैयाँ हुने जनाएको छ । यदि १५ दिनसम्म अघिल्लै मूल्य कायम गरेको भए निगमलाई ११ करोड ८१ लाख नाफा हुने थियो ।छिमेकी देश भारतमा दैनिक रुपमा अन्र्तराष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको छ भने नेपालमा भने १५÷१५ वा ३० दिनमा नयाँ मूल्य प्राप्त हुने गरेकाले निगमले प्रत्येक १५ दिनमा एक पटक मूल्य समायोजन गर्दै आइरहेको छ ।आइतबार समायोजन गरिएको मूल्य पश्चात विरगंजतर्फ भारत भन्दा पेट्रोल प्रतिलिटर २२.६५ रुपैयाँ, डिजेल २४.७४ रुपैयाँले सस्तो छ । बोर्डमा देखिएको यस किसिमको मूल्य अन्तरले नेपालबाट भारत पेट्रोलियम पदार्थ लैजान सक्ने चूनौती रहेको आयल निगमले भनेको छ ।यद्यपि, उपभोक्तालाई सस्तो र सहज रुपमा पेट्रोलियम पदार्थ उपलबध गराउने सरकारको नीति अनुसार स्वतः सञ्चालित मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले भनेको छ ।

Womui
Womui