६ गोल भएको खेलमा रोनाल्डोको ह्याट्रिकपछि पोर्चुगल र स्पेनको खेल बराबरीमा रोकियो

35

छिनछिन खबर
काठमाडौं,असार २ । क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बन्दा समूह बीमा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको छ । शुक्रबार राति भएको खेलमा दुबै टिमले ३(३ गोल गरेर अंक बाँडेका हुन् ।पोर्चुगलका तर्फबाट तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल गरे ।

खेलको चौथो मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई अग्रता दिलाएका थिए । स्पेनका खेलाडी नाचोले डी एरियाभित्र रोनाल्डोलाई लडाएपछि प्राप्त पेनाल्टी उनै रोनाल्डोले सदुपयोग गरे । त्यसको २० मिनेटपछि डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए ।तर ४४ औं मिनेटमा पुन रोनाल्डोले गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २–१ को अवस्थामा पु¥याए ।

खेलको ५५ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ३ मिनेटपछि नै नाचोले गोल गरेपछि स्पेन ३–२ को अवस्थामा पुग्यो ।तर खेलको अन्तिम तीन मिनेट सम्हालिन नसक्दा स्पेन अंक बाँड्न बाध्य भयो । डी एरियाबाहिर रोनाल्डोलाई स्पेनी खेलाडीले लडाएपछि पाएको फ्रीकिकमा उनै रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गरे र स्पेनसँग बराबरीमा पुग्न सफल भए । खेलपछि स्पेन र पोर्चुगल दुबैले १–१ अंक जोडेका छन् ।

Womui
Womui