सरकारद्वारा यातायात समितिका पदाधिकारीको बैंक खाता रोक्का

45

छिनछिन खबर
काठमाडौं, २१ वैशाख । सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन  गर्नुका साथै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने र बैंक खाता रोक्ने निर्णय गरेको हो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समितिका पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ ।

बैठकले हडताल जारी राख्ने र सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैक खाता रोक्का गर्ने निर्णय गरेको हो । खाता रोक्काका लागि विभागले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई लेखि पठाउने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

बैठकमा सरकारले यातायात सेवा सञ्चालन गर्न समितिलाई पटक पटक भन्दै आएको छ । साथै विमा लगायतका केही जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएको छ ।

गृह र यातायातमन्त्री दुबैले सिन्डिकेट अन्त्यको निर्णयबाट पछि नहट्ने बताएका छन् ।

Womui
Womui