मजदुर दिवस मनाउन टे«ड युनियन कांग्रेसको तयारी

49

नेपालगन्ज, बैशाख १५-
नेपाली कांग्रेस निकट नेपाल टे«ड युनियन कांग्रेसले श्रमिक दिवस अर्थात मे दिवसलाई भब्य कार्यक्रमका साथ मनाउने भएको छ । टे«ड युनियन कांग्रेसको बैठकले यस्तो निर्णय गरेको हो । आगामी बैशाख १८ गते मंगलबारका दिन बिहान ७ बजे धम्बोझीबाट ¥याली सुरु हुनेछ ।

उक्त र्यालीमा विभिन्न पेशाकर्मी, मजदुर लगायतको सहभागिता रहने टे«ड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लले जानकारी दिए । उक्त कार्यक्रममा उपस्थित हुन सम्पुर्ण टे«ड युनियनमा आवद्ध पेशाकर्मी तथा मजदुरहरुलाई आग्रह गरिएको सचिव तोजेन्द्र बिश्वकर्माले बताएका छन् ।

Womui
Womui