वैकल्पिक ऊर्जा अभावमा गुइँठा प्रयोग

260

छिनछिन खबर
नवलपरासी, वैशाख ५ । पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाका अभावका कारण खाना पकाउन वैकल्पिक ऊर्जाको प्रयोग गर्दे आइरहेका छन् ।

पर्याप्त काठ दाउरा नभएपछि यहाँका बासिन्दाले गाईभैंसीको गोबर र परालको भुसबाट तयार पारिएको गुइँठाबाट खाना पकाउने गरेका हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यास पर्याप्त मात्रामा छैन ।

गुइँठाबाट निस्कने धुँवा स्वास्थ्यका लागि धेरै खतरनाक मानिन्छ । लामो समयसम्म गुइँठाको प्रयोग गरी खाना पकाउँदा धुँवाका कारण श्वासप्रश्वास सम्बन्धी,क्ष्यरोग र मोतियाविन्दुजस्ता दीर्घकालीन रोग लाग्ने चिसापानी अस्पतालका डा मोहम्मद नुरुल होदा बताउँछन् । ‘धुँवाको कारणले आँखा र श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउँछ,’उनले भने । अस्पतालमा उपचारका लागि आउने मध्यमा अधिकांश गृहणी महिला रहेका छन् ।

गोबरलाई गुइँठा बनाएर खाना पकाउने काममा प्रयोग गर्दा खेतबारीमा हाल्ने मलको अभाव हुने गरेको छ । मलको अभावका कारण खाद्यान्न उत्पादनमा कमी आएको देख्न सकिन्छ । गोबर मलले माटोको उर्वरा शक्तिलाई बढाउने काम गर्छ । ग्रमीण भेगका किसानका घरमा गोबरलाई मलका रुपमा प्रयोग गर्ने चलन गुइँठाकै कारण कम भएको छ । सरकारले सुधारिएको चुलो,गोबरग्यास र अनुदानमा ग्यास वितरण जस्ता कार्यक्रम ल्याए मात्र प्रयोग रोकिने अवस्था छ ।

Womui
Womui