यातायातमा सिन्डिकेट खारेज

109

छिनछिन खबर
काठमाडौं, चैत २१ । यातायात व्यवस्था विभागले सडकमा नयाँ रुट इजाजत खुल्ला गरेको छ ।
कोटेश्वरपूर्वका १२ वटा यातायात सेवा समिति बुधबार आमहडतालमा उत्रिएपछि विभागले नयाँ सवारीको लागि
रुट इजाजत खुल्ला गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले सिन्डिकेटधारी यातायात व्यवसायीले यातायात ठप्प पारेपछि काठमाडौं बनेपा रुटमा रुटपरमिट अस्थायी तथा स्थायी रुट इजाजत खुल्ला गरेको बताए । ‘संगठीत रुपमा यातायात व्यवसायी हडतालमा उत्रिएपछि विभागले नयाँ रुट इजाजत खुल्ला गरेको हो,’ उनले भने,‘काठमाडौं– बनेपा रुटमा अस्थायी रुट खुल्ला गरेर सवारीसाधन चलाउन अनुमति दिएका छौं ।’

Womui
Womui