‘काम चलाउ शैलीलाई अन्त्य नगर्दा सम्म पार्टीलाई जोगाउन गाह्रो : सिंह

49

नेपालगन्ज-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत नगर्दासम्म कमी, कमजोरी सुधार नहुने ठोकुवा गरेका छन् । नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले पार्टीको १३ औं महाधिवेशनपछि बिधानले निर्देशित गरेका कुरा दुईवर्ष पुगिसक्दापनि कार्यान्वयन नभएको बताए । ‘कांग्रेसको सबभन्दा ठुलो चुनौती भनेको पार्टीलाई सुधार गर्नु नै हो,’ उनले भने ‘पार्टीको काम चलाउ शैलीलाई अन्त्य नगर्दा सम्म जोगाउन गाह्रो छ ।’

पार्टीका नेतालाई जोगाउने भन्दापनि नेपाली कांग्रेसलाई जोगाउनुपर्ने प्रमुख चुनौती देखा परेको उनको भनाई छ । सिंहले भने, ‘देशको प्रजातान्त्रिक पार्टी, यत्रो संघर्ष गरेको, जनताले पत्याएको पार्टीले भर्खरै सम्पन्न तीन तहको निर्वाचनमा ल्याएको परिणामबाट धेरैले चिन्ता र चासो राखेका छन् ।’ काम चलाउ शैली अन्त्य नगर्दासम्म पार्टीलाई जोगाउन नसकिने उनले ठोकुवा गरे । नेताभन्दा पनि पार्टीलाई जोगाउनुपर्ने अहिले प्रमुख खाँचो रहेको पुर्वमहामन्त्री सिंहले बताए । सभापति शेरबहादुर देउवाको हातमा आएपछि नेपाली कांग्रेस पार्टी लथालिंगको अवस्थामा पुगेको आरोप लगाए ।

Womui
Womui