सम्मेलन तयारीका लागि बार नेतृत्व नेपालगन्जमा

132

नेपालगन्ज-१४ औं राष्ट्रिय सम्मेलनको तयारीका लागि नेपाल बार एशोसियशनको केन्द्रिय नेतृत्व नेपालगन्ज आईपुगेको छ । बारका केन्द्रिय अध्यक्ष शेरबहादुर केसी, उपाध्यक्ष शालिकराम सापकोटा, महासचिव खम्बबहादुर खाती, कोषाध्यक्ष ज्ञानरत्न शाक्य, केन्द्रिय सदस्य मधुर पाठक र पदमबहादुर शाहीको टोली शुक्रबार नेपालगन्ज आईपुगेको हो ।

सम्मेलन तयारीका लागि आएको बार एशोसियशनको केन्द्रिय नेतृत्व टोली ।

टोलीले आगामी चैत्र ९ देखि ११ गते सम्म नेपालगन्जमा आयोजना हुने सम्मेलनलाई भब्य र सब्य रुपमा सम्पन्न गर्नका नेपालगन्जका कानून ब्यवसायीसँग तयारी बैठक आयोजना गरी परामर्श गरेको सम्मेलन प्रचार समितिका संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए । तयारी बैठकमा सम्मेलनलाई ऐतिहासिक रुपमा सम्पन्न गर्न आफुहरु प्रतिवद्ध भई लागि परेको उच्च बार एशोसियशन नेपालगन्जका अध्यक्ष अधिवक्ता बलबहादुर चन्दले बताए ।

सम्मेलनलाई भब्य रुपमा सम्पन्न गर्नका सहयोग गर्न सम्पुर्ण बाँकी बासीमा समेत उनले अपिल गरेका थिए । राष्ट्रिय सम्मेलनको तयारीमा बाँकेका कानून ब्यवसायीहरु जुटिसकेको र सम्मेलनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरी कार्य थालनी गरिसकिएको बताइएको छ । उक्त सम्मेलनमा ५ हजार कानुन ब्यवसायीको उपस्थिती रहने अनुमान गरिएको छ ।

Womui
Womui