जनलहर बढाउँदै एराप्रपा उम्मेदवार कँडेल

136

नेपालगन्ज-दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन अब ७ दिन मात्र बाँकी छ । दलहरु तीब्र चुनावी अभियानमा छन् । उम्मेदवारहरु घरघरमा पुगेर मतदाता रिझाउन व्यस्त भएका छन् । आफ्नो एजेण्डा सुनाउने र मतदाताहरुलाई आश्वस्त पार्ने काम भइरहेको उम्मेदवारहरुले बताएका छन् । बाँके क्षेत्र नम्वर २ मा एकिकृत राप्रपा (राष्ट्रवादी) का तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार तेजनारायण कँडेलले बिहीबार पनि बिहानैदेखि घरदैलोमा निस्केका छन् ।

युवा नेता कँडेल आफुप्रति बढ्दो जन लहरका कारण थप हौसिएका छन् । घरदैलोमा प्रतिनिधि सभा–२ का उम्मेदवार कँडेल सहित प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको छ ।

उनीहरुले बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ८ एमपी स्कुल(डिएसपी) रोड घरदैलो गरेका छन् । त्यस्तै बिहीबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका १८ स्थित सिद्र्धाथ होटलको पूर्व र पश्चिम क्षेत्रका मतदातामाझ पुग्ने एकिकृत राप्रपा(राष्ट्रवादी) का केन्द्रिय सह–प्रवक्ता समेत रहेका उम्मेदवार कँडेलले बताएका छन् ।

Womui
Womui